Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतक संख्या ५८ पुग्यो


    सोमबार, साउन १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना संक्रमण फैलिने क्रम तीव्र गतिमा बृद्धि भएसँगै मृत्यु हुने दर पनि बढिरहेको छ । सोमवार विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ ।

    ज्वरो र स्वासप्रश्वासको समस्या देखिएपछि आज विहान ९ बजे कोशी अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका–५ का ७७ वर्षका बृद्धको मृत्यु भएको छ । अस्पतालका अनुसार बृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्टमा उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो ।

    मधुमेहका रोगी वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

    सोमबार विराटनगरमा भएको बृद्धको मृत्युपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार