Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोमबार काठमाडौं‌ उपत्यकामा भेटिए ५१ जना कोरोना संक्रमित


    सोमबार, साउन १९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । 

    यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका एक जना, काठमाडौंका आठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा काठमाडौंका पाँच जना, ललितपुरका दुई जना र भक्तपुरका चार जना, वीर अस्पतालमा काठमाडौंका दुई जना संक्रमित भेटिएका हुन् ।

    यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जना, नेपाली प्रहरी अस्पतालमा काठमाडौंका दुई जना, स्टार अस्पतालमा काठमाडौंका पाँच जना र ललितपुरका एकजना र विरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका तीन जना संक्रमित भेटिएका हुन् ।

    सोमबार देशभर ४ सय १८ जना काेराेना संक्रमित भेटिएका छन् ।  आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा ३ सय ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ९ सय ६१ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । 

    यस्तै आजसम्म कुल १० हजार ९ सय ३४ जना क्‍वारेन्टिनमा रहेका छन् । यस्तै सोमबारसम्म नेपालमा अहिलेसम्म संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार