काठमाडौं । सोमबार देशभर ४ सय १८ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा ३ सय ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ९ सय ६१ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ ।
यस्तै आजसम्म कुल १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै सोमबारसम्म नेपालमा अहिलेसम्म संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।