काठमाडाैं । १७ दिनदेखि अनशनमा बसिरहेका युवा अभियन्ता ‘ई’ लाई अस्पताल भर्ना गरिएको छ। सोमबार बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफका अभियानका सदस्य पुकार बमले जानकारी दिए।
अनशनरत ई ले आइतबारदेखि सलाइन पानीसमेत लिन छाडेका थिए। उनकाे सुगरको मात्रा घट्दै गएकाे छ। मिर्गाैला र पिसाबमा एसिटनको लेभल कम देखिएपछि उनलाई डाक्टरहरुले अस्पताल लगेको बमले बताए।
उनी कोरोना भाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै अनशन बसेका हुन् । यसअघि पनि ई र बम अनसन बसेका थिए।यसअघि पनि विरोधमा उत्रिएका युवाहरु र सरकारबीच असार २२ मा १२ बुँदे सम्झौता भएको थियो।
तर सम्झौता कार्यान्वयन नगरिएको भन्दै अभियन्ताहरु फेरि अनशनमा बसेका हुन् ।