Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ का मुख्य न्यायाधिवक्तामा देखियो कोरोना


    सोमबार, साउन १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ मा व्यापक फैलिइरहेको कोरोनाको संक्रमण उच्च ओहदाका कर्मचारीमा पनि देखिन थालेको छ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा पनि संक्रमण देखिएको छ । विराटनगर- ५ का आचार्य मात्र नभइ उनका परिवारका तीनजना सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ ।

    निरन्तर ज्वरो आएपछि परीक्षण गर्दा कोरोना देखिएको उनी आफैंले पुष्टि गरेका छन् । उनीमा संक्रमण देखिएसँगै परिवारका सदस्यमा पनि परीक्षण गरिएको र तीनजनामा कोरोना देखिएको हो । उनीहरुलाई उपचारको लागि तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।

    नियमित कार्यालय गैरहेका उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन हुन सकेको छैन । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।

    पछिल्लो समयमा विराटनगर क्षेत्रमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार