Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दु्ई पटकमात्र प्रधानमन्त्री हुन पाउने ब्यवस्था गरौंः महामन्त्री शर्मा


    शनिबार, भाद्र ४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन् । उनी यो पटक समेत पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । तर उनले पाँचौं पटक प्रधानमन्त्रीको पद सम्हालिरहेका बेला सत्तारुढ नेपाली काँग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
      
    महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका छन् ।

     शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरेका छन् । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । दलहरुले आ–आफनो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्नेगरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए ।

    उनले भने–‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुप¥यो । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ । मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न ।’
     
    महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी समेत गरे । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार