काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन् । उनी यो पटक समेत पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । तर उनले पाँचौं पटक प्रधानमन्त्रीको पद सम्हालिरहेका बेला सत्तारुढ नेपाली काँग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका छन् ।
शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरेका छन् । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । दलहरुले आ–आफनो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्नेगरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए ।
उनले भने–‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुप¥यो । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ । मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न ।’
महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी समेत गरे । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend