काठमाडौं । रसुवाका माओवादी र जनता समाजवादीका ५२ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। कोही नयाँ शक्ति हुँदै कांग्रेसमा पुगेका छन् भने अधिकांश नेकपा एमाले प्रवेश गरेका छन् ।
रसुवामा विभिन्न पार्टीमा क्रियाशील जिल्लास्तरीय नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नेको लहर नै चलेको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा विभिन्न पार्टीमा क्रियाशील ५२ जना नवप्रवेशीलाई टीका र खादा लगाई स्वागत गरे ।
पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यहरू फुर्पा गुरुङ , वसन्त लामा, रोहित घले, कालु घले नाम्ग्याल लोप्चन, छेवाङ लोप्चन, खेज्यङ लामा, सञ्चित लामा, मान वहादुर तामाङ, नेवाङजु लोप्चन, प्रदिप लोप्चन , मेम्बा घले, कैसाङ लोप्चन, यो सोनाम लोप्चन, सुकु राम लोप्चन, छिरीङ पेम्बा लोप्चन, सुव्वा घले, सेनाम लोप्चन, कान्छा घले, कार ग्याल्वो घले यो तामाङ लामा, पेमा घले, जित बहादुर घले, आइतराम लोप्चन, अशोक लोप्चन, दावा फिन्जो थोक्रा, कामी शेर्पा थिङ, सुजन सेन्चुरी, निर्मला सेन्चुरी, अर्जुन सेन्चुरी काजी विक सहित ३५ जना छन् भने नेपाली काँग्रेसका क्रियाशील सदस्य जितबहादुर नेकोर, कर्मा छेदेन लोप्चन, हरिप्रसाद लामिछाने, अर्जुन नगरकोटी, सुवास बगाले र सुब्बा घले छन् । त्यसैगरी राप्रपाका निमा लामा, माओवादी केन्द्रका सन्जोग तामाङ र सूर्य घले पनि एमालेमा प्रवेश गरेका छन् ।
सो अवसरमा बरिष्ठ नेता पोखरेलले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै जिल्लामा नवप्रवेशी साथीहरूलाई तत्कालै उचित जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई निर्देशन दिए ।
उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत हासिल हुने गरी विजयी गराउन सिङ्गो पार्टीपङ्ती परिचालित भइरहेको र त्यसका लागि रसुवामा पनि पार्टीले निर्वाचन जित्नुपर्ने हुँदा नवप्रवेशी साथीहरू पनि निर्वाचन जित्ने गरी लाग्न आग्रह गरे ।
पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका सचिव जनार्जन ढकालको संयोजनमा भएको थियो ।पार्टी प्रवेश गर्दै वसन्त लामाले बैकल्पिक शक्ति निर्माणका माहानायक पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पुरानो शक्ति मा फर्कने तयारी भए पछि हामी कता जाने भन्ने दुबिधामा अन्तमा एमालेमा प्रवेश गरेको उनले बताए ।
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend