Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदको कार्यकाल समाप्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट


    शुक्रबार, भाद्र ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघि दरपीठ गरिएको रिट आज दर्ता भएको हो ।

    अधिवक्ता मनिराम उपाध्यायले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।

    निर्वाचनको मिति घोषणा गरिसकेपछि संसदको कार्यकाल सकिनु्पर्ने जिकिर गर्दै उनले रिट दर्ता गरेका हुन् । यसअघि पनि उपाध्यायले दर्ता गरेको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने रिट निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए ।

    न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएपछि उपाध्यायले पेश गरेको निवेदन दर्ता भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार