काठमाडौंं। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनुभएको बिषय लैङिगक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल हुनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङिगक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको स्वीकार गर्नुभयो । उहाँले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताउनु भयो । उहाँले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताउनु भयो । सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस भन्नेतर्फ सचेत गराएको पनि बताउनु भयो । उहाँले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउनु भयो । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको छ । प्रादेशिक पहिचानको व्यवस्था, समानार्थ नागरिकता प्राप्तिका लागि लगायत संविधान प्रदत्त नागरिकता सम्बन्धी सबै प्रावधानलाई समेटनुपर्ने विषय उठाउनुभएको छ । लैङिगक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरु छन भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा पनि छलफल गरेका थियौँ । संशोधन पनि राखेका थियौँ । खास गरेर आमाको आत्मसम्मानमा चोट नपुगोस भन्नेतर्फ हामी सबै सचेत रहने कुरालाई गम्भीरताका साथ उठाउनुभएको छ । केही कुराहरुका लागि भने संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । वैवाहिक अंगीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठिक हो । हामीले आज यो विधेयक पारित गरेनौँ भने वैवाहिक अंगीकृतको सम्बन्धमा ७,८,९ वर्ष जे भन्छौं त्यो व्यवस्था लागू हुन्छ भन्ने लाग्छ । तर त्यो सत्य होइन भन्ने हामी सबैलाई थाहा छ । यो विधेयक पारित गरेनौँ भनेपनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त एउटा व्यवस्था छ । वैवाहिक अंगीकृतका सम्बन्धमा बितेको ४० वर्षदेखि एउटै व्यवस्था छ । आज यो विधेयक रोक्दा नेपाली नागरिकबाट जन्मिएकाले नागरिकता पाउँदैनन । तर वैवाहिक अंगीकृतका सम्बन्धमा हामीले रोकेपनि पाउँछौँ । त्यो प्रावधान त छ । वर्ष राखौँ तर राख्दै गर्दा लैंगिक समानता हुनुपर्छ । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको छ, भोलि संशोधन गर्दै जाने हो ।’
सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताउनु भयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend