काठमाडौंं। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनुभएको बिषय लैङिगक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल हुनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङिगक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको स्वीकार गर्नुभयो । उहाँले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताउनु भयो । उहाँले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताउनु भयो । सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस भन्नेतर्फ सचेत गराएको पनि बताउनु भयो । उहाँले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउनु भयो । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको छ । प्रादेशिक पहिचानको व्यवस्था, समानार्थ नागरिकता प्राप्तिका लागि लगायत संविधान प्रदत्त नागरिकता सम्बन्धी सबै प्रावधानलाई समेटनुपर्ने विषय उठाउनुभएको छ । लैङिगक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरु छन भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा पनि छलफल गरेका थियौँ । संशोधन पनि राखेका थियौँ । खास गरेर आमाको आत्मसम्मानमा चोट नपुगोस भन्नेतर्फ हामी सबै सचेत रहने कुरालाई गम्भीरताका साथ उठाउनुभएको छ । केही कुराहरुका लागि भने संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । वैवाहिक अंगीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठिक हो । हामीले आज यो विधेयक पारित गरेनौँ भने वैवाहिक अंगीकृतको सम्बन्धमा ७,८,९ वर्ष जे भन्छौं त्यो व्यवस्था लागू हुन्छ भन्ने लाग्छ । तर त्यो सत्य होइन भन्ने हामी सबैलाई थाहा छ । यो विधेयक पारित गरेनौँ भनेपनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त एउटा व्यवस्था छ । वैवाहिक अंगीकृतका सम्बन्धमा बितेको ४० वर्षदेखि एउटै व्यवस्था छ । आज यो विधेयक रोक्दा नेपाली नागरिकबाट जन्मिएकाले नागरिकता पाउँदैनन । तर वैवाहिक अंगीकृतका सम्बन्धमा हामीले रोकेपनि पाउँछौँ । त्यो प्रावधान त छ । वर्ष राखौँ तर राख्दै गर्दा लैंगिक समानता हुनुपर्छ । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको छ, भोलि संशोधन गर्दै जाने हो ।’
सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताउनु भयो ।
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend