Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै


    बिहिबार, भाद्र २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धन दलका  शीर्ष नेताहरुको बैठक आज बिहान १० बजे बस्ने भएको छ । गठबन्धन दलको बैठक बालुवाटारमा  बस्ने भएको हो ।

    राष्ट्रपति  विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक र प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

    राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार