काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीवार टुंगो लगाउने भएको छ ।
बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए । उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको जानकारी दिए । प्रवक्ता महराले भने–आजको बैठकबाट करिव करिव टुंगोमा पुगेको र बिहीवारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउनेछ ।
महराले भने–‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ । संगठनमा खास गरेर केन्द्रीय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए । केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरुको जिज्ञासाको विषय होला । यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो । करिव करिव हामी टुंगोमा पुगेका छौँ । भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ । आज छलफलमा मात्रै केन्द्रित भयौँ । पदाधिकारी पनि भोलि टुंगो लाग्छ । आज छलफल शुरु भयो ।’
प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीवार ८ बस्ने जानकारी दिए ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend