काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा दल दर्ता गरेका छन ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मंगलवार) निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन । दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लडने सहमति भएको थियो । मंगलवार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भटटराईलाई पनि आफनै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।
नेसपा अध्यक्ष डा. भटटराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए । दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए ।
आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन भने बाँकी दल आजसम्म दर्ता हुनेछन । आगामी निर्वाचनका लागि काँग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन । नेपाली काँग्रेसले पनि आज नै दल दर्ता गराउनेछ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लडन चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend