काठमाडौंं । शेयर बजारमा आइतबार पनि गिरावट कायमै देखिएको छ। केहि दिन अघि मात्रै बढेर २२०० माथिसम्म पुगेको नेप्से सूचकमा पुनः लगातार गिरावट आउन थालेको छ।
आज आइतवार पनि नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको छ। ४ अर्ब माथि पुगेको कारोबार रकम पनि घटेर २ अर्ब तल झरेको छ। आइतबार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको ४५ लाख ५९ हजार २२ कित्ता शेयर कारोबार भएको छ।
आइतबार केहि दिन अघि मात्रै नेप्सेमा सूचीकृत भएको अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१० प्रतिशतले बढेको छ भने कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको शेयरमूल्य २.०१ प्रतिशतले बढेको छ।
आज दिनभरिमा २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।