काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् ।
आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए । उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातिर जानुपर्ने बताए । अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभई सबै नेपालीले नोपली पहिचान खोज्न आवश्यक रहेको बताए । उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातीयताका नाममा विभाजन गर्न खोजिएको बताए ।
उनले भने–अहिले गठबन्धनमा भएका सरकारले देशलाई दुश्मनीतिर राजनीति लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिस्पर्धातिर जाने की दुश्मनीतिर ? कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेन्टमा ल्याउन खोजिन्छ हाम्रो पहिचान भनेर । नेपाली पहिचान । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातको पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा ग¥यो । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’
आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताए । उनले आफनो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताए । उनले यो सबै आफनो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान गरेको बताए । अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिया किसिमको रहेको बताए । उनले देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने प्रतिवद्धता जनाए । उनले कुनै पनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरेका छन् । २०७३ सम्म मात्र ओलीको उपचारका लागि राज्यले १ करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरिसकेको अवस्थामा उनले आफूसँग उपचार खर्च नै नभएको बताएका हु्न् ।
उनले भने–‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफनो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफनो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु । किनभने म देशका लागि समर्पित छु । त्यसकारण मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाँचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ । बिरामी भएँ भने तपाईहरुले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन । सांसद छु सांसदको हिसावले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ । मेरो डेडिकेशन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ । जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु । कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुटटा तान्दै गर भने झैँ छु । गीत पनि गाउँदै गर्छु अघि पनि बढ्दै गर्छु । आफनो कुरामा आफ्नो अभियानमा म अघि बढिरहन्छु । म युवाहरु भन्दा कम सक्रिय छैन ।’
अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरेका छन् । उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए । अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताए । उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताए । उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend