Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीमाथि सांसद सिटौलाको कटाक्षः नागरिकता बिधेयक प्रमाणिकरण नगरेकोमा आपत्ति


    आइतबार, साउन २९ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् ।

    आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणिकरण गरेको तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाएकी हु्न् । उनले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ ? भन्ने प्रश्न समेत गरिन् ।

    सांसद सिटौलाले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै भनिन्–‘केपी शर्मा ओलीज्यूले लगभग दुई तिहाई नजिकको सरकार तीनवर्ष चलाउनुभयो । २२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रुपमा उहाँले संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा ल्याउनु भयो । र राष्ट्रपतिज्यूले त्यो अध्यादेशलाई लालमोहर लगाउनुभयो । तर आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओलीज्यूले ल्याउनुभएको विधेयक संसदमा आयो र पास भएर गयो तर उहाँले लालमोहर लगाउनु भएको छैन । यो विडम्बना । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि ? म सम्बन्धित पद र त्यस पदमा रहनु हुने सम्माननीय व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उनले देशका अगुवा नेताहरुको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताइन् । सिटौलाले देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने कुरामा जोड दिइन् । परराष्ट्र नीति एउटै भएमात्रै देश स्थिर रुपले अगाडि बढ्न सक्ने उनको भनाइ छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार