काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् ।
आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणिकरण गरेको तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाएकी हु्न् । उनले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ ? भन्ने प्रश्न समेत गरिन् ।
सांसद सिटौलाले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै भनिन्–‘केपी शर्मा ओलीज्यूले लगभग दुई तिहाई नजिकको सरकार तीनवर्ष चलाउनुभयो । २२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रुपमा उहाँले संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा ल्याउनु भयो । र राष्ट्रपतिज्यूले त्यो अध्यादेशलाई लालमोहर लगाउनुभयो । तर आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओलीज्यूले ल्याउनुभएको विधेयक संसदमा आयो र पास भएर गयो तर उहाँले लालमोहर लगाउनु भएको छैन । यो विडम्बना । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि ? म सम्बन्धित पद र त्यस पदमा रहनु हुने सम्माननीय व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशका अगुवा नेताहरुको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताइन् । सिटौलाले देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने कुरामा जोड दिइन् । परराष्ट्र नीति एउटै भएमात्रै देश स्थिर रुपले अगाडि बढ्न सक्ने उनको भनाइ छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend