काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसामु नागरिकता बिधेयक प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने निर्णय लिन २ दिनमात्र बाँकी छ । नागरिकता विधेयक मंगलबारसम्म प्रमाणिकरण गर्ने र फिर्ता गर्ने निर्णय दिनुपर्नेछ । संसदको दुवै सदनले पारित गरी पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणिकरण गर्ने वा संसदमा फिर्ता गर्ने निर्णय गर्नुपर्ने कानुनी ब्यवस्था छ ।
कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेमा राष्ट्रपतिले विधेयक आएको १५ दिनभित्र संसदमा नै पठाउन सक्ने संवैधानिक प्रावधानका कारण मंगलबारसम्मको समयसीमा राष्ट्रपति भण्डारीलाई छ । राष्ट्रपतिले बिधेयक प्रमाणिकरण नगरी संसदमा फिर्ता पठाउन त सक्छिन् । तर त्यो बिधेयक फेरि संसदले पारित गरी पठाएमा राष्ट्रपतिले संविधानतः प्रमाणिकरण गर्नैपर्छ । संसद भंग नभएको र सदनको अधिवेशन चालु नै रहेकाले सत्तापक्षले फेरि उक्त बिधेयक पारित गरी पठाउने संभावना जीवितै छ ।
राष्ट्रपति भण्डारीको सचिवालयले नागरिकता बिधेयक अध्ययन गरिरहेको बताउँदैआएको छ । नागरिकता बिधेयक प्रमाणिकरण नगर्न एमालेले राष्ट्रपतिमाथि दबाब बढाउँदै लगेको छ । औपचारिक रुपमा एमालेले दबाब नदिए पनि एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, प्रमुख सचेतक बिशाल भट्टराईदेखि सूर्य थापासम्मले नागरिकता बिधेयक राष्ट्रपतिले प्रमाणित नगरी फिर्ता पठाउनुपर्ने बताउँदैआएका छन् ।
नागरिकता बिधेयकमा समेटिएको विवाहलगत्तै नागरिकता दिने प्रावधानले जनसंख्याको चाप बढ्ने भन्दै एमालेका नेताहरुलले बिरोध गर्दैआएका छन् । तर एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुँदा २०७७ बैशाखमा ल्याएकै अध्यादेश अहिले संसदमा पेश गरेको जिकिर सत्तापक्षको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend