Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  टानको अध्यक्ष कांग्रेसलाई दिएपछि एमाले विभाजितः माओवादीका सापकोटाको पल्ला भारी


    आइतबार, साउन २९ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को भोलि (साउन ३० गते) हने निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनले निलहरि बास्तोलाको नेतृत्वको समूहलाई अगाडि सारेको छ । माओवादी केन्द्र, एमालेको असन्तुष्ट समूह, डा. बाबुराम भट्टराई निकट ब्यवसायीहरुले रामप्रसाद सापकोटालाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।  

     टानको निर्वाचनमा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले राजेन्द्र सापकोटालाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । गएको साउन १५ मा संगठनको तेस्रो राष्ट्रिय अधिवेशनले पूर्ण कुँवरलाई अध्यक्ष र यम खड्कालाई महासचिवमा चयन गर्ने क्रममा सापकोटालाई टानको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

    वाम गठबन्धनका लागि एमाले र माओवादीवीच यसअघि नै भइसकेको सहमति अनुसार राजेन्द्र सापकोटालाई अध्यक्ष बनाउनुपर्नेमा नाट्टाका पूर्वअध्यक्ष सीएन पाण्डेसहितका केही ब्यक्तिको लहडमा कांग्रेससँग गठबन्धन गरेपछि एमालेनिकट धेरै ब्यवसायी रामप्रसाद सापकोटा (कमल) को समूहमा लागेका छन् । एमाले निकट संगठनलाई अध्यक्ष दिन माओवादी निकट ब्यवसायी तयार भइसकेको अवस्थामा पाण्डेहरुले कांग्रेससँग गठबन्धन गरेको आरोप छ । साउन २० मा एमाले र माओवादीबीच राजेन्द्र सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको थियो । 
    सीएन पाण्डेले राजेन्द्र सापकोटालाई टानको नेतृत्वमा जानबाट रोक्नका लागि कांग्रेससँग गठबन्धन गर्ने र अध्यक्ष समेत छाडेपछि एमालेभित्र बिद्रोह भएको छ । एमालेनिकट राष्ट्रिय पर्यटन ब्यवसायी संघमा आवद्ध ५० प्रतिशत भन्दा बढी ब्यवसायी कांग्रेससँग गठबन्धन नगर्ने पक्षमा गइसकेका छन् । कांग्रेससँग गठबन्धन गर्ने निर्णयको बिरुद्धमा एमाले निकट ब्यवसायीहरु सीताराम सापकोटा, टानका पूर्वअध्यक्षद्वय चन्द्र रिजाल र सन्तवीर लामा, मुक्ति पाण्डे, धु्र्रव सिंखडासहित छन् । उनीहरु खुलेरै टानको निर्वाचनमा माओवादी निकट ब्यवसायीहरुको गठबन्धनका पक्षमा खुलेका छन् । टानमा यति समूहको समर्थन पनि कमल सापकोटा समूहले पाएकाले कांग्रेस–एमाले गठबन्धनलाई निर्वाचन जित्न सहज नभएको ब्यवसायीहरु नै बताउँछन् ।

    टानको निर्वाचनमा नेकपा समाजवादी निकट ब्पवसायीहरु पनि विभाजित भएका छन् । हरिभक्त श्रेष्ठको समूह सापकोटातिर लागेको छ भने शिव लामिछानेको समूह कांग्रेस–एमाले गठबन्धनतिर छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार