Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस्ः अर्जुननरसिंह केसी


    शनिबार, साउन २८ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षलाई खबरदारी गराएका छन् । 

    शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् । केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभई अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए । उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरेका छन् ।

    केसीले यदि संस्थापन पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए । केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरीत हुने भएकाले यसबारेमा छलफल गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए ।

    केसीले भने–‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले के का आधारमा सिट बाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्ने कुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ । गठबन्धन बाहेकका दलहरु जो अर्को विपक्षीसँग मिलेर बसेको थियो । त्यसलाई पनि गबन्धनमा मिलाउने भन्ने कुरा भएको छ । यसलाई उच्चस्तरीय संयन्त्रबाट छलफल होला नै । 

    सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ । गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन । मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन । नेपाली काँग्रेसभित्र भएको विविधतालाई पनि ध्यानमा राखेर व्यापक छलफल हुन जरुरी छ । पार्टीभित्रका विविधतालाई चिर्न नसक्ने हो भने यसले पनि निर्वाचनमा परिणाम गम्भीर बन्छ ।’

    केन्द्रीय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार