Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिशूलीमा ट्रक खस्यो, चालक र सहचालक सशकुल


    शनिबार, साउन २८ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिन नजिकै त्रिशुली नदीमा ट्रक खसेको छ । इँटा बोकेको उक्त ट्रक इच्छाकामना गाउँपालिका–५ को नाग्दी खोला भन्ने स्थानबाट शनिबार बिहान ९ बजे त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।  

    एसपी अधिकारीका अनुसार त्रिशुलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको उनले जानकारी  दिएका छन् । ट्रकका चालक र सहयोगी (सहचालक) सुरक्षित रहेको एसपी अधिकारीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार