Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यस्तो छ आज साउन २८ गते शनिवारको राशिफल


    शनिबार, साउन २८ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष

    मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।

    मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

    सिंह

    सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

    तुला

    तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    धनु

    धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।

    कुम्भ

    कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

    बृष

    वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।

    कर्कट

    कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

    कन्या

    कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

    बृश्चिक

    वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।

    मकर

    मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मीन

    मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार