Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • मिटरब्याजीको अपराध नियन्त्रण गर्न सरकारले बनायो कार्यदल


    शुक्रबार, साउन २७ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । आज गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा.भिष्म भूसालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेका हुन् । 

    कार्यदलको सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल रहेका छन् । 

    यसरी नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा कार्यदलको सदस्यमा छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतसँग छलफल गरेर मिटरब्याज अपराधीहरूलाई कानुनी कारबाही गर्न निर्देशन दिएका थिए ।  त्यसलगत्तै गृहमन्त्रीले कार्यदल गठन गरेको गृह मन्त्रालयले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार