Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सडकका खाल्डाखुल्टी नपुरिंदा दैनिक दुर्घटना


    शुक्रबार, साउन २७ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढदै गएको छ ।

    मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६÷७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो । ७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धीत निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ ।

    बाटोका खाल्डाखुल्टीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन । उक्त खाल्डाखुल्टी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन । यही बाटो दैनिक हिँडने चालकहरु यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन । उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरुले बाटो मर्मत हुननस्क्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसम्हार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको बताउनु भयो ।

    उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँडने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर सडको अवस्था न सांसदले देख्छन न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको स्थानीय बताउँछन ।

    देशकै मुख्य बाटोको हालत यस्तो हँुदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौंको संख्यामा गाडी गुडने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक  चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार