Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण


    बिहिबार, साउन २६ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष नेपालले नै आफूलाई कोरोना संक्रमण भएको उल्लेख गर्दै सामाजिक संजालमा केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिएका छन् ।

    अध्यक्ष नेपालले सामाजिक सजालमा लेखेका छन्–‘आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार