Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • पुष्करलाई अर्थसचिवको जिम्मा, राजस्व सचिवमा दंगाल, पर्यटनमा अधिकारी


    बिहिबार, साउन २६ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अर्थमन्त्रालयको सचिवको जिम्मा दिएको छ । पुस्कर यसअघि राजस्व सचिव थिए । 

    त्यसैगरी राजस्व सचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको छ । दंगाल यसअघि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा थिए ।

    त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।   

    सामान्य प्रशासन मन्त्रालयको सचिव रिक्त राखिएको छ । जसपाका मन्त्री राजेन्द्र श्रेष्ठले सामान्यमा ल्याउनका लागि उपयुक्त पात्रको खोजी गरिरहेकाले आज सरुवा हुन नसकेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार