Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस्ः अध्यक्ष गोल्छा


    बिहिबार, साउन २६ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । 

    बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए ।

    अध्यक्ष गोल्छाले उद्योगीहरुले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह गरेका छन् । उनले रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजस्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग आग्रह गरे । उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गर्नपनि सरकारसँग आग्रह गरेका छन् । 

    गोल्छाले भने–‘आजको यो हस्ताक्षरपछि अब हामी सरकारसँग जोडिएका छौँ । अब महासंघ र सरकार  एक भएका छौँ । निजी क्षेत्र र सरकारको सहकार्यमा एक भएका छौँ । जब हामी एक हुन्छौँ, धेरै काम गर्नसक्छौँ । अब महासंघ थप सक्रिय भएको छ । अब निजी क्षेत्रलाई सहज भएको छ ।

    हामी लगानी गर्छौं प्रक्रिया सहज बनाइदिनुहोस्, हामी उत्पादन गर्छौं अवरोध नगरिदिनुहोस्, हामी रोजगारी दिन्छौँ सहजीकरण गरिदिनुहोस्, हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस्, हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस, हामी राजस्व बुझाउँछौं अपमान नगरिदिनुहोस् । मिलेर लगानीको प्रक्रिया सहज बनाऔँ । मिलेर रोजगारी सिर्जना गरौँ । पर्यटकको स्वागत गरौँ, राजस्व बुझाउने झमेलाको अन्त्य गरौँ । निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गरौँ ।’

    उनले समस्याको समाधानका लागि स्थायी संयन्त्र बन्ने बताए । उनले पूँजीको लागत बढिरहेकोले उद्योगको बाटो सहज नभएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार