Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्तारुढ गठबन्धनको कार्यदल बैठकः चुनामा तालमेलको सैद्धान्तिक सहमति


    बिहिबार, साउन २६ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिक रुपले सहमति नजिक पुगेको बताएको छ ।

    बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने काम सकारात्मक रुपले अगाडि बढेको बताए । बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्न मोडालिटीको बारेमा छलफल भएको जानकारी दिए । उनले चालु सदनमा सांसदहरुको सिटको आधारमा सहमती खोज्ने विषयमा कुराकानी भएको बताए ।  

    गुरुङले भने–‘आज हामीले छलफल ग¥यौँ । पाँच दलका बीचमा आउँदो निर्वाचनमा सहमतिका साथ तालमेल मिलाएर गठबन्धनकै प्रक्रियाबाट बढ्नुपर्छ भन्ने स्प्रीटमै अगाडि बढेको छ । सहमतिको मोडालिटीको तयार गर्ने प्रक्रियामा आज छलफल भएको छ । आज सहमतिको मोडालिटी तयार गर्ने क्रममा सकारात्मक दिशातर्फ गएको छ । सैद्धान्तिक मान्यताहरुको सन्दर्भमा सहमतिको नजिक पुगेको छ । त्यसलाई प्राक्टिसमा कहाँ कति मेल खान्छ, खाँदैन भन्ने कुरा आ–आफ्ना दलभित्र पनि अलिकति वर्कआउट गरेर आउँदो बैठकमा टुंग्याउनुपर्छ भन्ने कुरा भएको छ । आजको छलफलमा मोडालिटी तयार गर्ने कुरामा, सिद्धान्त तयार गर्ने कुरामा मोटामोटी सैद्धान्तिक रुपले सहमतीको नजिक पुग्न खोजेको छ ।

    सदनमा उपस्थितिको आकार छ, प्रत्यक्ष र समानुपातिकतर्फ । समानुपातिकतर्फ पनि विगतकालमा आएका सिटहरुकै आधारमा उपस्थिति भएको अवस्था छ । प्रत्यक्ष पनि त्यही रुपमा छ । त्यसैको सेरोफेरोमा सहमतिको मोडालिटी खोज्दै जानुपर्छ भन्ने प्रकारको कुरा भएको छ । आजको बसाईमा सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको छ ।’
     
    नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्ने जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार