काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको बताउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषदको पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको बताउनु भयो । प्रमुख गुरुङले विभिन्न १५ विभागका सचिवहरु पनि मनोनयन गरेको बताउनु भयो । विभागका सचिवमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उडडयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभागको गठन गरेको बताउनु भयो । उहाँले बैठकले स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित गरेको, वित्त तथा कोष व्यवस्थापन विभागदवारा प्रश्तावित आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट पनि पारित गरेको बताउनु भयो । विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरुको सन्दर्भमा आवश्यक्ता अनुसार तल्लो कमिटीहरुले गरेको सिफारिसको आधारमा केन्द्रिय कमिटीले आवश्यक निर्णय लिने निर्णय भएको पनि बताउनु भयो । आजको बैठकले केही केन्द्रिय सदस्यको जम्मेवारुी हेरफेर गरेको छ । जसमा मधेस प्रदेशको सह इन्चार्जमा रामदल मण्डल तोकिनुभएको छ भने महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सह इन्चार्ज तोकिएको छ । त्यस्तै भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की जिल्लाको इन्चार्जमा कृष्ण थापालाई तोकिएको बताउनु भयो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार आजको बैठकले नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषदको सदस्यमामा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेको छ ।
उहाँले भन्नुभयो, ‘आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने भएको छ । भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक हुन्छ । भदौ १० र ११ गते केन्द्रिय कमिटीको बैठक हुन्छ । आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति आजको बैठकले गठन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल रहेको ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन भएको छ । निर्वाचन परिचालन कमिटी गठनको प्रश्ताव गरेका छौँ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषदको पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रिय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको छ । विभागको सचिवहरु पनि मनोनयन गरेका छौँ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उडडयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलिया गरी विभिन्न विभागको सचिवमा मनोनयन गरेका छौँ । तीन वटा विभागको बिस्तार भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग गठन भएको छ । शहरी विकास विभागको गठन भएको छ । भूमि व्यवस्था विभागको गठन भएको छ । स्थानीय तह विकास विभागको निर्देशिका पारित भएको छ । पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित भएको छ । वित्त तथा कोष व्यवस्थापन विभागदवारा प्रश्तावित आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट पनि पारित भएको छ । पार्टी प्रवेशीहरुको सन्दर्भमा आवश्यक्ता अनुसार तल्लो कमिटीहरुले, जिल्ला कमिटी भन्दा माथिको कमिटीहरुले गरेको सिफारिसको आधारमा केन्द्रिय कमिटीले आवश्यक निर्णय लिनेछ । केही केन्द्रिय सदस्यहरुको जिम्मेवारी हेरफेर भएको छ । मधेस प्रदेशको सह इन्चार्जमा रामदाल मण्डल तोकिनुभएको छ, महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुष जिल्लाको सह इन्चार्ज तोकिएको छ, भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की इन्चार्जमा कृष्ण थापालाई तोकिएको छ । केही सदस्यहरु मनोनयन गरेका छौँ । नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा राखेका छौँ, जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेका छौँ ।’
नेकपा एमालेले आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटीको बैठक, भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक र भदौ १० र ११ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend