काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ ।
बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली काँग्रेस र साहित्य विषयक विचार गोष्ठिमा बोल्नुहुँदै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताउनु भयो । उहाँले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनु भयो । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ । देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ । साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न । साहित्य र कलालाई हामीले मिनिमाइज ग¥यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ । हामीले केही प्रगती गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ । कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन । देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ ।’
वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गर्नुभयो ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend