Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीपरिषदको बैठक बस्दै, सचिवहरुको हेरफेर हुने


    बिहिबार, साउन २६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक केही समयपछि बस्दैछ । अपराह्न ४ बजे सिंहदरवारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । 

    आजको मन्त्रिपरिषद बैठकले रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव खटाउने निर्णय गर्ने संभावना छ । बैठकले अर्थमन्त्रालयको सचिव नियुक्त गर्ने छ । अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएपछि अर्थसचिव रिक्त छ । जनार्दन शर्मा अर्थमन्त्रीमा पुनर्वहाली भएपछि मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएर गएका हुन् ।

     राजस्व सचिव कृष्णहरि पुस्करले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।  अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न कुनै पनि  सचिव त्यति इच्छुक नभएकाले अर्थसचिवमा कृष्णहरि पुस्करकै संभावना रहेको चर्चा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार