Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्योः माधव नेपाल


    बिहिबार, साउन २६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पार्टी निर्णयलाई चुनौती दिंदै मन्त्रीबाट राजीनामा नदिने, मन्त्रीबाट हटेपछि पार्टीको जिम्मेवारी पूरा नगरी नेतृत्वलाई खुइल्याउन तल्लीन नेताहरुको ब्यवहारबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चिन्तित तुल्याएको छ । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । 

    बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रबृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको गुनासो गरेका छन् ।

    नेकपा समाजवादीले मन्त्रीपरिषद पुनर्गठन गरेपछि रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ किसान, बिरोध खतिवडा र प्रेम आले पार्टीकै निर्णय मान्दैनौं भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोमा धाएका थिए । उनीहरुले मन्त्री पदमा टिक्न नपाएको आक्रोश पार्टी अध्यक्ष नेपालतिर पोखिरहेका छन् । सबैभन्दा बढी आक्रोस रामकुमारी झाँक्रीले पोखिरहेकी छन् ।

    पदका लागि मरिहत्ते गर्ने झाँक्रीसहितका पूर्वमन्त्रीतिर संकेत गर्दै अध्यक्ष नेपालले भने–‘म’बाट सुरु गर्ने प्रवृत्ति व्याप्त गरेको र ‘म’ ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनको धारणा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार