काठमाडौं । एमाले नेताहरुले नागरिकता बिधेयक संसदमै फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दबाब बढाउँदै लगेका छन् । एमालेले संस्थागत रुपमा नागरिकता बिधेयकको बिरोध गर्न सकेको छैन भने फिर्ता गर्न माग समेत गर्न सकेको छैन ।
नागरिकता बिधेयक पारित भएको दिन साउन ६ गते प्रतिनिधिसभामा एमालेका ९८ सांसद उपस्थित भएको भए पनि पारित हँुदैनथ्यो । तर एमाले नागरिकता बिधेयक पारित गर्ने पक्षमा भए पनि चुनावमा ‘राष्ट्रवादी’ स्टन्टबाजी गर्नका लागि उपस्थित नै नभएर सहयोग गरेको हो । नागरिकता बिधेयक साउन ६ गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा गयो ।
राष्ट्रियसभाबाट पनि पारित भइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ मा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गरेर राष्ट्रपति कहाँ पठाएका छन् । अब राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि यसले कानूनको स्वरुप लिनेछ । तर १२ दिनसम्म पनि राष्ट्रपतिले उक्त बिधेयक प्रमाणित गरेकी छैनन् ।
संबैधानिक ब्यवस्था अनुसार राष्ट्रपतिले संसदका दुबै सदनबाट पारित भएर आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । संविधानको धारा ११३ (२) मा उल्लेख छ–‘संघीय संसदबाट प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ ।’ राष्ट्रपतिले अब ३ दिनभित्र बिधेयक प्रमाणित गर्नुपर्ने छ । नगरे संसदमा फिर्ता पठाउनुपर्छ ।
एमालेले औपचारिक रुपमा भन्दा पनि पार्टीका नेताहरुले नागरिकता बिधेयक फिर्ता गर्न आग्रह गरिरहेका छन् । संसदमा बोल्ने एमाले नेताहरुले समेत नागरिकता बिधेयकमा विवाह गर्नासाथ नागरिकता दिने कुराको बिरोध गर्दैआएका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले धनगढीको एक कार्यक्रममा औपचारिक रुपमै नागरिकता बिधेयक राष्ट्रपतिले फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
एमालेका पोलिटब्यूरो सदस्य तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापाले सामाजिक संजालमै राष्ट्रपतिले नागरिकता बिधेयक फिर्ता गर्नुपर्ने उल्लेख गरेका छन् । उनले विवाहको जग्गेमा नै नागरिकता दिन मिल्ने र १० घण्टाभित्रै सांसद र मन्त्री बनाउन सकिने व्यवस्था गलत भएको उल्लेख गरेका छन् । उनले प्रचण्डले भारतमा गएर सौदाबाजी गरेको आरोप लगाएका छन् ।

थापाले लेखेका छन्–‘नेपाल सरहदभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने प्रावधान ठीकै छन् । तर विवाहको जग्गेमा नै दिन मिल्ने र १० घण्टाभित्रै सांसद र मन्त्री बनाउन सकिने व्यवस्था गलत छ । भारतमा जस्तै कम्तीमा सात बर्षपछि मात्र दिनेगरी राज्यव्यवस्था समितिले गरेको निर्णय ठीक थियो । तर प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरे,शशी श्रेष्ठलाई मन्त्रीको कुर्सीमा मस्त निद्रा लाग्यो र लीलामणि पोखरेल तैँ चुप मै चुप छन् ।
राष्ट्रपतिज्यूले यस्तो विवादास्पद कानुन प्रमाणिकरण नगरी परिमार्जनको लागि पुनः संसदमा पठाउनु पर्छ । र, संसदले जस्ताको तस्तै फेरि पठाएको खण्डमा सर्वोच्च अदालतको राय लिएर मात्रै आवश्यक निर्णय लिनुपर्छ ।’
एमालेका नेताहरुले नागरिकता बिधेयकको बिरोध गरे पनि २०७८ जेठ ९ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशलाई नै अहिले विधेयकका रूपमा ल्याएको दाबी सत्तापक्षका नेताहरुको छ । एमालेसँगको सहमतिमा सोही अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउन प्रस्ताव राख्दा ओलीले पहिलेको र अहिलेको सन्दर्भ फरक भएको भन्दै समर्थन गर्न नसकिने बताएर नागरिकताको बिषयलाई राजनीतिक लाभहानीको बिषय बनाएका छन् ।
ओलीका बिश्वासपात्र सूर्य थापाले नागरिकता बिधेयक फिर्ता गर्नुपर्ने कुरा सार्वजनिक गरेपछि धेरैले यसलाई अर्थपूर्ण रुपमा लिएका छन् । एमालेले औपचारिक रुपमा नागरिकता बिधेयक फिर्ता गर्न माग गर्न नैतिक रुपमा नसकेपछि नेताहरुमार्फत् दबाब बढाएर राष्ट्रपतिलाई बाध्य पार्न खोजेको अर्थमा लिइएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend