Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा भारी बर्षा, धेरै ठाउँमा पहिरो र डुबान


    बुधबार, साउन २५ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मंगलबार राति परेको भारी वर्षाले काठमाडौं उपत्यकाका धेरै ठाउँ डुबानमा परेका छन् । भक्तपुरका विभिन्न ठाउँमा बर्षाले क्षति पुर्याएको छ । 

    काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका काँडाघारीमा प्रहरी चौकी नै डुबानमा परेको छ । प्रहरी कार्यालयको एक तल्लाको पुरै भाग डुबाएको छ । मेसको आधा भाग बगाएको, मेसभित्र भएको ग्यास, खाद्यान्न, भाँडा, फर्निचरको सामान सबै बगाएको प्रहरीले जनाएको छ । कार्यालयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल समेत बगाएको प्रहरीले जनाएको छ ।

     काठमाडौंको बुढानीलकन्ठ नगरपालिकामा पनि बर्षाले क्षति पुर्याएको छ ।  केही क्षेत्रमा डुबान तथा कटान हुँदा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । प्रहरीका अनुुसार मनोहरा खोलाको डुवान र कटानका कारण घर टहराहरुमा पानी पसी क्षति पुर्याएको छ ।

    चाँगुनारायण नगरपालिका ४ मनहरा खोला निलोपुल नजिक हरि राईको बंगुर फर्मबाट खोलाले बगाएको छ । मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ । टहरामा बस्ने चारजनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

    मध्यपुर ठिमी नगरपालिका २ स्थित मनहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएका छ । सोही नगरपालिकाको वडा नं १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार