Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    बुधबार, साउन २५ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे  बस्दै छ ।   बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 
     आज बस्ने प्रतिनिधि सभाको बैठकमा तथ्यांक विधेयकमा  दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने बुधबार नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

    शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।प्रतिनिधि सभाको बैठक
    खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ।
    शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यस्तो छ सम्भावित कार्यसूची:

    Screenshot (172).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार