काठमाडौं । सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्य दलको संयोजकमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्य दलको संयोजन गर्ने जिम्मेवारी काँग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो । कार्य दलको बैठकको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । उनले भने , ‘आज कार्यदलको बैठक लामै समय रह्यो । र, सबै साथीहरुले आ–आफनो दृष्टिकोणहरु राख्नु भएको छ । बैठक सकारात्मक रुपले आजलाई स्थगन भएको छ । र, २६ गते ४ बजे फेरी बैठक बसेर थप छलफललाई अगाडि बढाउँछौं । र, आजको बैठकमा यसलाई व्यवस्थित बनाउनका निमित्त हामीले एउटा संयोजक तय गरेका छौं । आजको बैठकले नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मेवारी दिएका छौं । र, आजको बैठक सकारात्मक रुपमा अन्त्य भएको छ ।’
कार्य दलको अर्को बैठक यही श्रावण २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा सबै दलका नेताहरुले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफना दलका धारणाहरु प्रस्तुत गरेका थिए । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको बताइएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend