Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई मन्त्री राईले तह लगाउने  


    सोमबार, साउन २३ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् । 

    सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भइरहेकाले बिस्तारै ठिक लगाउने बताए । 

    मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोडने बताए । उनले सरकारकाले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोडने बताए । उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । मन्त्री राईले मन्त्रिपरिषदले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए  ।

    राईले भने–‘गल्ती गर्ने ठेकेदारहरुलाई छोड्ने कुरा आउँदैन । सरकार कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्त्याउनेलाई छोडदैनौँ । तर विकास निर्माणमा ठेकदारहरुको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर ठेकेदारहरुले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठिक पार्छौं । तपाईहरु ढुक्क हुनुस् ठिक पार्छौं  । अब वैकल्पिक साहयक राजमार्ग मन्त्रीपरिषदले निर्णय गरेको छ । यसमा पनि बेथिति छ । गल्लीको बाटो पनि वैकल्पिक सहायक राजमार्ग छ । तर सहायक राजमार्ग पनि छन् । तत्कालका लागि जे भए पनि हामी कार्यान्वयन गर्छौं । भोलिको दिनमा सहायक राजमार्गको कम्तीमा मापदण्ड बनाएर कार्यान्वयन योजना हाल्ने प्रतिबद्धता जनाउँछौं ।’
     
    मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे । मन्त्री राईले कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताएका छन्  ।

    मन्त्री राईले भने ‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको कुरा उठ्यो । सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति चाहिँ छैन । लागू हुने-नहुने कुरामा कतै गुनासो आयो भने कडाइका साथ लगाउँछौं । मन्त्री भएर आउँदा सार्वजनिक भाडादर बढेर पनि घटेको थियो । बढाउन भन्यो भने लागू कहिलेदेखि गरेको हो । सात दिनपछि लागू गरेर सात दिनपछि मैले भाडादर स्वीकृत गरेको हो । त्यो नै निरन्तर होस भनेर यातायात व्यवस्था विभागका महानिर्देशकले भनेर मैले रोकेको हो । अहिले ेखि लागू गरौं भने यो स्वचालित प्रणाली हो । यसमा सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर गरिएको विषय हो ।’

    त्यस्तै नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताए । उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताए । भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको बताए । उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गरे ।

     
    त्यस्तै नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरुले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताए ।
     
    बैठकमा अधिकांश सांसदहरुले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार