काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए ।
आकस्मिक अवतरण गरेपछी अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन् । ओलीको आकस्मिक अवतरण भएपछी जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन् ।
मौसमको प्रतीक्षामा रहेका ओली हेलिकप्टर उडन नसके सडक मार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend