Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नागरिकतामा अपमानपूर्वक नाम लेख्ने हाकिमको हात भाँच्नुपर्छः सांसद सुनार


    सोमबार, साउन २३ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् । 
    सोमवारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिंदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । उनले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनीहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गरेका छन् ।

     सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरेका छन् । उनले भने– ‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरु, ती फटाहाहरु यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्यत हुँदारहेछन् त ? कति अपमान गर्न उद्यत हुँदारहेछन् त ? कति उनीहरुलाई खिसीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त ?

    bhuban sunar .jpg

    नागरिकता लिन जाँदा ती हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाँच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ? 

    यी नागरिकता सच्याउनलाई म गृहमन्त्रीसँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ । र, यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन । दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ती बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भीर हुन आवश्यक छ ।’

    उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमानमाथि अपमान भएको बताए ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार