काठमाडौं। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले लगातार दुईपटक चुनाव जितेकालाई तेस्रो पटक टिकट दिन नहुने बताएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै देवकोटाले बरु चौथो पटक टिकट दिनुपर्ने बताए।
‘लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिइयोस् बरु चौथोपटक दिइयोस्’ देवकोटाले भने, ‘हुनुपर्ने त लगातार दुई पटक जितेपछि आराम गर्ने, आफ्नो पेश व्यवसाय गर्ने हो तर यहाँ नेतालाई रोक्न खोज्ने हो भने बाँध नै भत्काउँछन्, उपद्रो मच्चाउँछन्, संविधान नै च्यातिदिन्छन् त्यसैले तेस्रो पटक भनेको हुँ।’
उनले राजनीतिलाई सधैं दुहुनु गाई सम्झेर राज्य दोहन गर्ने प्रचलन रहेको भन्दै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए।
चुनाव घोषणा भएपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा स्वतः कामचलाउ भएको उनले बताए। कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने नीति तथा कार्यक्रम नबनाउने भन्दै यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म कायम रहने भनेपछि सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नु जरुरी छ।’ उनले भने, ‘कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइँदैन, राज्यको दोहन गर्ने काम बन्द होस्।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend