काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदिप यादवले नेपाललाई प्लास्टिक प्रदूषणमूक्त राष्ट्र बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।
प्लास्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक रहेको बताउँदै मन्त्री यादवले त्यसको नियन्त्रणकालागि ४० माइक्रोन भन्दा कम मोटाईको प्लास्टिक तथा प्लास्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाइएको बताए ।
यसअघी वन तथा वातावरया मन्त्रालयले भदौ १ गतेदेखी ४० माइक्रोन भन्दा कम मोटाईको प्लास्टिक तथा प्लास्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाइसकेको छ ।
काठमाडौंमा आज दक्षिण एसिया देशहरूमा रहेका नदी तथा समून्द्रलाई प्लास्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आयोजना गरेको सरोकारवाला परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालाको प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री यादवले नेपालले हालसम्म प्लास्टिकजन्य फोहर र प्रदूषण नियन्त्रणका लागी गरिरहेको विभिन्न पहलका बारेमा जानकारी दिएका थिए ।
उनले वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्न पनि महत्वपूर्ण कामहरु भइरहेको जानकारी गराएका छन् ।
मन्त्री यादवले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि नेपालले चलेका कदमहरु मात्रै पर्याप्त नहुने भन्दै त्यसकालागि अन्तराष्ट्रीय स्तरबाट सहयोगको आवश्यकता रहेको बताए ।