Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँट कार्यदलको बैठकअघि बालुवाटारमा जुटे कांग्रेसका शीर्ष नेता


    सोमबार, साउन २३ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरु छलफलका लागि जुटेको बालुवाटार स्रोतले बताएको छ। 

    आजै दिउँसो सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्दैछ ।

    कार्यदल बैठक बस्नुअघि बालुवाटारमा कांग्रेसका नेताहरु छलफलमा जुटेका हुन्। सत्तारुढ गठबन्धनले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाएको छ।

    कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन्। 

    आजको बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने बताइएको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार