Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना


    सोमबार, साउन २३ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेशका थोरै  स्थानहरुमा  हल्का  वर्षा भइरहेको छ । प्रदेश १ र वागमती प्रदेशका का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ र वागमती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार