Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाले लोकतन्त्रको धज्जी उडाएको रामचन्द्रको आरोप


    शनिबार, साउन १७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका भातृ संगठनका म्याद थप गरिएकोप्रति आपत्ति जनाएका छन्। 

    शनिबार प्रेस नोट जारी गरी वरिष्ठ नेता पाैडेलले सभापति शेरबहादुर देउवाले भातृ संगठनका म्याद थप गरेर लोकतन्त्रको धज्जी उडाएको भन्दै आपत्ति जनाएका हुन्। निहित स्वार्थका लागि पटक-पटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकी राख्ने काम सभापति देउवाले गरेको पाैडेलको आरोप छ। 

    ‘निहित स्वार्थका लागि पटक-पटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ-नौ वटा भातृ संस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदैछ।,’ नेता पौडलले भनेका छन्। 

    उनले यो कदमको बारेमा गम्भीर हुन पार्टीका अन्य सदस्यलाई आव्हान गर्दै भने, ‘लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू ! गम्भीर हुनुहोस् !’

    सभापति देउवाले शुक्रबार नेपाल विद्यार्थी संघ, तरुण दल,  किसान संघसहित नौ वटा भातृ संगठनका म्याद थप गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार