काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अहिले चर्चा भएजस्तो विषयमा विवाद नभएको बताएका छन्। ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने बहस नै अहिले विवादको कारण रहेको बताए ।
दाहालले भने, ‘राजनीतिक अस्थीरता र एकताका निम्ति पद त्याग गर्दै आएका छौं। अहिले बाहिर प्रचार गरिएजस्तो पदको झगडा होइन, विधि र पद्धतिकै बहस हो।’
पार्टी एकता ठूलो राजनीतिक छलाङ भएको उनले बताए। दशकौंसम्म बोलचाल नभएका कम्युनिष्ट समूहहरु दश दिनभित्रै एकै ठाउँमा बस्ने अवस्था आएको उनले बताए।
पार्टीभित्रको अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको भने उनले स्वीकारे। तर, कम्युनिष्टहरु जालझेल, छलकपट नअपनाउने भएकाले संघर्ष सधैं तिखो हुने गरेको उनले बताए। दाहालले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने भएकाले त्यसलाई कदर गर्दै पार्टी अझ माथिल्लो स्तरमा सुदृढ गरिने बताए।
गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठककै बीच नेकपाभित्रको संघर्ष चुलिएको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे दुवै अध्यक्षले फरक–फरक निर्णय लिए यता कुनै सम्वाद समेत हुन सकेको छैन।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend