Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय मुलका ऋषि बेलायतको प्रधानमन्त्री बन्दै


    बिहिबार, साउन ५ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । भारतीय मूलका नागरिक ऋषि सुनक पहिलो पटक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन् । 

    कन्जरभेटिभ पार्टीको नेता हुँदै बेलायतको आगामी प्रधानमन्त्री हुनका लागि ऋषि र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यो निर्णय कन्जरभेटिभ सांसदहरूबीचको अन्तिम चरणको मतदानमा लिइएको हो ।

    पार्टीभित्र आन्तरिक रुपमा भएको पाँचौं चरणको मतदानमा ऋषिले सर्वाधिक १३७ मत प्राप्त गरेका छन् भने लिज ट्रसले ११३ मत प्राप्त गरेकि छिन् । तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरेकी छिन् । यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए ।

    अब दुवै उम्मेदवारबीच २५ जुलाईमा बीबीसीमा वान टु वान बहस हुनेछ । यससँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्रमार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ । 

    पाँचौं चरणमा प्रथम भएसंगै ऋषिको प्रधानमन्त्री बन्ने आधार बलियो भएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    गएको साता बेलायतका प्रधानमन्त्री बोरिश जोनसनले राजिनामा दिएपछी त्यहाँ नयाँ प्रधानमन्त्रीको चयन गर्न लागिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार