Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • नेपालबाट राजीनामा दिएसँगै पुबुदु क्यानाडाको प्रशिक्षकमा नियुक्त


    बिहिबार, साउन ५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएसँगै क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। हिजो उनले  राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट  पत्रकार सम्मेलन गर्दै  राजीनामाको घोषणा गरेका हुन् ।
    नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका दासानायेके क्रिकेट क्यानाडाको हेड कोच नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ।

    नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका दासानायकेले आज पत्रकार सम्मेलन गर्दै नेपालको क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका थिए।

    उनले राजीनामाको घोषणा गरे लगत्तै क्रिकेट क्यानडाले उनी प्रमुख प्रशिक्षक नियुक्त भएको घोषणा गरेको हो। दासानायेके श्रीलंकन मूलका क्यानेडियन हुन्। यसअघि पनि उनले क्यानाडाको प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार