Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कारागारमा कैदीबन्दीको अवस्था जटिल छ :मानव अधिकार आयोग


    बुधबार, साउन ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताएका छन्।

    मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताए।

    ‘कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी पर्यो, के कारणले मर्यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ’, उनले भने।

    अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताए। उनले कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गरे।

    राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधान र कानुनमा महिला अधिकारका विषयमा धेरै लेखिए पनि कारागारभित्र रहेका महिला कैदीबन्दीको अवस्था दयनीय रहेको बताइन्।

    अधिवक्ता मनीषकुमार श्रेष्ठले देशका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदै आएको बताउँदै उक्त विषय मानवअधिकारको दृष्टिकोणले अत्यन्तै संवेदनशील भएको बताइन्।

    मञ्चकी अध्यक्ष कोकिला पुनले अन्यायमा परेका व्यक्तिलाई उद्धार गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताइन्।

    विसं २०७० मा स्थापना भएको उक्त संस्थाले कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको लागि आवाज उठाउँदै आएको संस्थाका उपाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए।

    सोही अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व शंकर केसीकी धर्मपत्नी सुशीला केसी र संस्थापन कार्यसमिति र मञ्चका कानुन सल्लाकार एवं विभिन्न क्षेत्रमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार