Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रेस युनियन चुनावः संस्थापन पक्षमा असन्तुष्टि चर्कियो, अनिता बाहेक अरुको उम्मेदवारी घोषणा रोकियो 


    बुधबार, साउन ४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रेस युनियनको साउन ६ र ७ गते हेटौंडामा हुन गइरहेको नवौं महाधिवेशनमा उम्मेदवारी चयनमा प्रेस युनियन संस्थापन पक्षमा व्यापक असन्तुष्टि देखिएको छ । 
    मंगलबार दिउँसो शेरबहादुर देउवापक्षीय संस्थापन पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बसेर प्रेस युनियनका आधिकारिक उम्मेदवार टुग्याएको थियो । अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगननाथ दुलाल, कोषाध्यक्षमा माधव धितालको नाम टुंग्याइएको थियो ।

     प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, डा. सुरेश आचार्य, पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, नेपाल टेलिभिजनका अध्यक्ष समिरजंग शाह, इश्वरी ओझासहितले बालुवाटारमा संस्थापन पक्षका उम्मेदवारको नामको टुंगो लगाएका हुन् ।

    अध्यक्षसहित चार जना पदाधिकारीको नाम सार्वजनिक गरेसँगै नेपाल प्रेस युनियन संस्थापन पक्षमा व्यापक असन्तुष्टि देखिएको छ । सुदूरपश्चिमका पत्रकारले त निर्णयप्रति पूर्ण असन्तुष्टि जनाउँदै विद्रोह गर्ने धम्की दिएका छन । अध्यक्षकी उम्मेदवार अनिता विन्दुले उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आफ्नो प्यानल घोषणा गर्न कार्निभल रेष्टुरेन्ट बिजुलीबजारमा कार्यक्रम तय भएको सुनेपछि संस्थापन पक्षका पत्रकार आक्रोशित भएका थिए । प्रधानमन्त्री देउवालाई गुमराहमा राखेर संस्थापन पक्षका पत्रकारलाई वाइपास गरेर इतर पक्षका पत्रकारलाई भागबण्डामा उम्मेदवार बनाएको भन्दै पत्रकार बिरोधमा उत्रिएका हुन् । 

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको कोटाबाट अनिता बिन्दु, बद्री सिग्देलको कोटाबाट सरोज अधिकारी, नेता प्रकाशमान र महामन्त्री विश्वप्रकाश शर्माको कोटाबाट जगनाथ दुलाल र नेपाल टेलिभिजनका अध्यक्ष समिरजंग शाहको कोटाबाट माधव धिताललाई उम्मेदवार बनाएपछि संस्थापन पक्षका पत्रकार आक्रोशित भएका हुन् ।चारै जना संस्थापन पक्षका नभएर इतर पक्षका भएको र देउवालाई गलत ब्रिफिङ गरेर आफ्नो फाइदा हेरेको आरोप संस्थापन पक्षका पत्रकारहरुको रहेको छ ।

    अध्यक्ष सिग्देललाई आफूहरुले नेता मानेर एकोहोरो समर्थन गरेको तर उम्मेदवारी दिने बेला सुदूरपश्चिमका पत्रकारहरुलाई पाखा लगाएको भन्दै उम्मेदवारीको निर्णय नसच्चिए बिद्रोह गर्ने जनाएका छन् । संस्थापन पक्षका पत्रकारको बलियो पकड रहेको सुदूरपश्चिमका पत्रकारहरुले आफूलाई अध्यक्ष वा महासचिवमध्ये एक प्रमुख कार्यकारी पद पाउनुपर्ने माग गरेका छन् ।

    कार्यवाहक महासचिव भीष्म ओझालाई महासचिव बनाउनुपर्ने माग उनीहरुको रहेको छ । त्यसको बिकल्पमा केशव साउदलाई उनीहरुले महासचिवको उम्मेदवारका रुपमा अगाडि सारेका थिए । साथै, सचिवमा मेनुका ढुंगाना, खगेन्द्र भण्डारी र कोषाध्यक्षमा पदमराज जोशी हुनुपर्ने उनीहरुको जवर्जस्त माग रहेको जनाइएको छ । निर्णय नसच्याएमा उमिद बागचनलाई अध्यक्ष बनाएर पनि चुनावमा जान सकिने भन्दै अध्यक्ष सिग्देलसँग रस्साकस्सी समेत भएको थियो । त्यसका लागि उनीहरु थुप्रै पटक काठमाडांै र सुदूररपश्चिममा भेला समेत गरेका थिए । उमिद बागचनको नेतृत्वमा थुपैै पटक भएका भेलाले यो पटक संस्थापन पक्षबाट सुदूरपश्चिमबाट मुख्य पदमा उम्मेदवारी पाउने आशा उनीहरुको थियो । तर अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहितका महत्वपूर्ण पदमा कसैलाई उम्मेदवार नबनाएपछि बद्री सिंग्देलले धोका दिएको भन्दै सुदूरपश्चिमका पत्रकार विरोधमा उत्रिएका छन् ।

    मंगलबार दुई बजे अनिता बिन्दुको उम्मेदवारी घोषणा सभालाई समेत उनीहरुले बहिस्कार गरेका छन् । अनिताको घोषणा सभामा खगेन्द्र भण्डारी र लोकन्द्र भट्टबाहेक कुनै सुदूरपश्चिमका संस्थापन पक्षीय पत्रकार सहभागी भएनन् । प्रेस युनियनको कार्यालय थापागाँउमा गएर अध्यक्ष बद्री सिग्देलको कार्यकक्षमा गएर आफूलाई किन वाइपास गरेको भन्दै चर्काचर्की समेत भएको थियो । उमिद वागचन, भीष्म ओझा, हरिष भट्ट, मुकुन्द भण्डारी, पदमराज जोशी, मिन बम, श्रवण देउवा, योगेश रावल, केशव साउद, मेनुका ढुंगानासहित दर्जनौं पत्रकारहरु र अध्यक्ष सिग्देलबीच भनाभन समेत भएको थियो । उनी नेताहरुलाई फोनमा भनिरहेका थिए, मैले त भीष्म ओझालाई महासचिव बनाउन खोजेको तर उनी नै तयार भएनन् । तर भीष्म भने आफूले कहिल्यै त्यसो नभनेको भन्दै प्रतिवाद गरिरहेका थिए । हामीले बद्रीलाई बोक्ने तर बद्रीले सुदूरपश्चिमलाई रोक्ने भन्ने बद्रीले प्रधानमन्त्री देउवालाई गुमराहमा राखेर इतर समूहका पत्रकारलाई विधान मिचेर उम्मेदवार बनाएको भन्दै विद्रोह गर्ने बताएका छन । त्यसको नेतृत्व उमिद बागचनले लिएका छन ।

    सुदूरपश्चिमका पत्रकारले विरोध गरेपछि बालुवाटारले बद्रीलाई फोन गरेर तत्काल अनिता बिन्दुको बाहेक अरुको उम्मेदवारी घोषणा नगर्न भनेको थियो । त्यसपछि अरु उम्मेदवारको उम्मेदेवारी घोषणा रोकिएको थियो । सबैले बद्रीको विरोध गरे पनि आफूहरुले काँध थापेको तर बद्रीले आफूहरुलाई माइनस गर्न खोजेको आरोप सुदूरपश्चिमका पत्रकारहरुको छ । 

    अध्यक्षले विधान मिचेर मनपरी गरेको भन्दै संस्थापन पक्षका सुदूरपश्चिमका पत्रकारहरुले बिद्रोही उम्मेदवारी दिने बताएका छन । भीष्मराज ओझा वा केशव साउदमध्ये एकलाई महासचिव, पदमराज जोशीलाई कोषाध्यक्ष, मेनुका ढुंगाना र खगेन्द्र भण्डारीलाई सचिवको उम्मेदवार बनाउनुपर्ने उनीहरुको माग छ । ३३ जना पदाधिकारीमा ५ जना माग्नु स्वभाविक भएको पत्रकार किशोर भट्टले बताए । उम्मेदवारी नसच्चिए बिद्रोही उम्मेदवारी दिने तयारी आफूहरुले गरिरहेको भट्टले बताए । सुदूरपश्चिममा १९४ मत छन । यसबोहक काठमाडौं उपत्यकामा पनि ५० भन्दा बढी मत त्यहाँका पत्रकारको छ । त्यो मत एकमुष्ट जाँदा परिणाममा ठूलै फरक पर्नेछ ।

    संस्थापन पक्षमा असन्तुष्टि बढेपछि इतर समूह उत्साहित भएको छ । स्थापनपक्षमा बिद्रोह गरिरहेका आकांक्षीलाई आफ्नो टीममा ल्याएर चुनाव लडाउने तयारी इतरको छ । सुदूरपश्चिममा आफ्नो पकड नभएकाले असन्तुष्ट मध्येका एक दुई जनालाई आफ्नो समूहमा ल्याउने कसरत इतरले गरेको छ । संस्थापन पक्षको असन्तुष्टिको फाइदा लिने मुडमा भए पनि इतर समूहले समेत उम्मेदवारी फाइनल गर्न सकेको छैन । अध्यक्षमा शिब लम्साललाई ल्याउने लगभग जस्तै भए पनि महासचिव रस्साकस्सी जारी छ । इतर समूहमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्लेमध्ये कसलाई महासचिव बनाउने भन्ने एकीन छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार