Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन ४ गते बुधवारको मौसम


    बुधबार, साउन ४ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज देशभरको मौसममा  सामान्य बदली रहेको छ।अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसका कारण देशभर सामान्य बदली रहेको जनाइएको छ ।

    आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार