काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।
आज मंगलबार थपिएका कोरोना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।