काठमाडौं। काठमाडौंमा आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको कोरोनाको (बुस्टर) डोज खोप दिइँदै छ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
आजदेखि साउन ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिएका छन् ।
ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ । खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ